ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जनामा कोरोना संक्रमण
Wednesday, August 26th, 2020, 5:28 pm
बुटवल, १० भदौ । ईलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा रहेका १० जना थुनुवाको कोरोना रिपोर्ट पोजिटिभ आएको छ ।
बुधबार आएको कोरोना परीक्षणको रिपोर्ट अनुसार १० जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
बुटवल आसपासबाट विभिन्न घटनामा पक्राउन परी हिरासतमा राखिएका थुनुवाहरुको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना पोजेटिभ पाइएको हो ।
उक्त हिरासतमा २७ जना थुनुवा रहेको ईलाका प्रहरी कार्यालयले बताएको छ भने यसअघि सोही कार्यालयका ४ जना प्रहरी जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।