कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १७५ पुग्यो
Wednesday, August 26th, 2020, 4:55 pm
काठमाण्डौ, १० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका २५ र ५० वर्षीय २ पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षका ३ पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौका ५१ वर्षीय पुरुष र बाराका ४१ र ४६ वर्षका दुई पुरुष रहेका छन् ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।