बुधबार उपत्यकामा थपिए ३ सय १ कोरोना संक्रमित, काठमाडौमा मात्रै २ सय ३० संक्रमण पुष्टि
Wednesday, August 26th, 2020, 4:47 pm
काठमाडौ, १० भदौ । बुधबार मात्रै काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका २ सय ३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार मात्रै काठमाडौं उपत्यकामा दुई सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
संक्रमितको स्थान भने मन्त्रालयले खुलाएको छैन ।