पछिल्लो २४ घण्टामा ८ सय ८५ कोरोना संक्रमित थपिए, ३ सय ८५ जना डिस्चार्ज
Wednesday, August 26th, 2020, 4:38 pm
काठमाण्डौ, १० भदौ । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३४ हजार ४ सय १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । योसंगै हालसम्म १९ हजार ५ सय ४ जना निको भइ घर फर्किएका छन् ।
आज मात्रै १३ हजार २ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको छ ।