हिमालय एयरलाइन्सको आजदेखि यात्रुबाहक चार्टर्ड उडान सुरु
Wednesday, August 26th, 2020, 1:11 pm
काठमाडौ, १० भदौ । हिमालय एयरलाइन्सले (बुधबार) आजदेखि यात्रुबाहक चार्टर्ड उडान सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले गरेको निर्णयअनुसार विदेशमा रहेका नेपालीहरुलाई ल्याउनका लागि आजदेखि चार्टर्ड उडान सुरु भएको एयरलाइन्सले जानकारी दिएको छ ।
हिमालयले दिएको जानकारी अनुसार आज साउदीको दमाम,अगष्ट २७ र २९ मलेसियाको क्वालालम्पुर, युएईको आबुधावी र अगष्ट ३१ मा कतारमा उडान गर्नेछ ।
त्यसैगरी दुबइ र मलेसियाबाट फर्किने नेपालीले अनिवार्यरुपमा पिसिआर परीक्षण गर्नुपर्ने छ भने दमाम र दोहाबाट आउने यात्रुसंग काठमाडौका लागि होटल बुकिङको कागज पनि अनिवार्य हुनुपर्ने छ ।