स्कुटर दुर्घटनामा परी एक युवकको ज्यान गयो
Wednesday, August 26th, 2020, 11:56 am
बुटवल, १० भदौ । रुपन्देहीको तिलोत्तमामा स्कुटर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
तिलोत्तमा–३ सीता राइस मिलनजिक भएको दुर्घटनामा चालक तिलोत्तमा–२ शंकरनगरका ४० वर्षका शंकर कार्कीको मृत्यु भएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलबाट मणिग्रामतर्फ जाँदै गरेको लु २६ प १४५५ नम्बरको स्कुटर गएराति सवा ११ बजे सडकमा पल्टिँदा गम्भीर घाइते भएको र दुर्घटनामा घाइते भएका कार्कीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।