आज देशका केही स्थानमा ठुलो पानी पर्ने सम्भावना
Wednesday, August 26th, 2020, 10:05 am
काठमाडौ, १० भदौ । बुधबार देशभर मौसम सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको पूर्वानुमान अनुसार अहिले देशका केही स्थानको मौसममा बदली भई हल्का पानी परिरहेको छ ।
उत्तरी बंगालको खाडिमा रहेको न्युन चापिय प्रणालीको कारण नेपालमा बंगालको खाडिबाट जलवाष्फ युक्त हावाको प्रभाव रहेको हुनाले देशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ ।
आज दिउँसोपछि देशभर सामान्य बदली भइ केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको विभागले जनाइएको छ ।
त्यस्तै जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।