विराटनगरमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु
Wednesday, August 26th, 2020, 9:26 am
विराटनगर, १० भदौ । बिराटनगरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
विराट मेडिकल कलेजमा उपचाररत बिराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका प्रशासनले जानकारी दिएको छ ।
मंगलबार दिउँसो भर्ना भएकी महिलामा श्वासप्रश्वासमा समस्या देखिएको थियो । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमित महिलामा निमोनिया पनि देखिएको थियो भने उनको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।