बाँके र ललितपुरमा गरी २ जना कोरोना संक्रमितको मृत्यु
Wednesday, August 26th, 2020, 8:29 am
काठमाडौ, १० भदौ । बाँके र ललितपुरमा गरी थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको मंगलबार राति साढे एक बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ भने प्रदेश ५ मा २४ पुगेको छ ।
त्यस्तै ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै काठमाडौका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु पुष्टि गरेको हो ।
उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।