उपत्यकाका तिन जिल्लामा फेरी एक हप्ताको लागि निषेधाज्ञा थप्न सिफारिस
Tuesday, August 25th, 2020, 6:40 pm
काठमान्डौ, ९ भदौ। काठमाडौं, भक्तपुर र ललितपुरमा थप एक साता निषेधाज्ञा जारी राख्न सिफारिस गरेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले थप एक हप्ता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेकाे बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्न गृहमन्त्रालयमा सिफारिस गरेकाे हो ।
बैठकमा सहभागी एक अधिकारीका अनुसार छलफलमा मेयरहरुले एक साता निषेधाज्ञा राखे आइसोलेसन सेन्टर बढाउन सकिने र प्रभावकारी ढंगले संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्न सकिने बताएका छन् ।
भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भोलि रातिसम्म एक साता निषेधाज्ञा घोषणा गरेको थियो ।