कोरोना संक्रमणका कारण काठमाडौंका ३ सहित ७ जनाकाे मृत्यु, मृत्यु हुनेको संख्या १६४ पुग्यो ( विवरण सहित )
Tuesday, August 25th, 2020, 5:02 pm
काठमान्डौ,९ भदौ । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफ़िङ्ग माफत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मृत्यु हुनेमा ७१ बर्षीय महिला, ७४ र ६६ बर्षीय पुरुष काठमान्डौबाट रहेका छन् भने २२ बर्षीय पुरुष सिराहाबाट, ६८ बर्षीय पुरुष पर्साबाट ,७६ बर्षीय पुरुष धनुषाबाट,५३ बर्षीय पुरुष रुपन्देहीबाट रहेका छन्।
योसंगै कोरोना भाइरसका संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।