आजराती सीपीएलमा सन्दीपको टिम जमैका र वारियर्स भिड्दै
Tuesday, August 25th, 2020, 3:14 pm
एजेन्सी, ९ भदौ। टिम जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेटमा आज राति चौंथो खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले चौंथो खेलमा गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र वारियर्सबीचको खेल नेपाली समय अनुसार बिहानको राति ३:१५ बजे सुरु हुनेछ । उक्त खेलमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको छन्।
क्विन्स पार्क ओभलमा वारियर्सविरुद्ध मैदान उत्रदा जमैका दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा जित निकालेको जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो ।वारियर्स भने तेस्रो जितको खोजीमा हुनेछ ।
चार खेलमा ४ अंक जोडेको वारियर्स तालिकाको तेस्रो स्थानमा रहेको छ ।