८ वर्षपछि अपहरण मुद्दाका फरार आरोपी पक्राउ
Tuesday, August 25th, 2020, 2:30 pm
काठमाडौं, ९ भदौ। अपहरण मुद्दामा फरार अभियुक्त ८ वर्षपछि पक्राउ परेका छन् ।
प्रहरीले ती अभियुक्तलाई आइतबार कोशी कटान क्षेत्रबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी साविक नरसिंह–४ घर भएका ३७ वर्षीय वुदर भन्ने विदुर यादव रहेको प्रहरीले जानकारी दिएको छ।
फरार रहेका अभियुक्त दाङस्थित आफन्तको घरमा रहदै आएका थिए । गोप्य सुराकीकाआधारमा लकडाउनको समयमा उनी घर फर्केको बेला यादव पक्राउ परको सुसनरी प्रहरी प्रमुख कमल थापा बताए ।