छतबाट लडेर घाइते भएका पुरुषको मृत्यु, कोरोना संक्रमण पुष्टी
Tuesday, August 25th, 2020, 2:25 pm
रुपन्देही, ९ भदौ। रुपन्देही गैडहवा गाउँपालिका– ३ का ५५ वर्षका पुरुषको मृत्यु भएको छ। कोरोना संक्रमणको पुष्टी भएका उनको उपचारका क्रममा सोमबार राति भीम अस्पतालमा मृत्यु भएको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले जानकारी दिए ।
टाउकोमा रगत जमेका कारण शल्यक्रिया गर्नका लागि उनको पीसीआर परीक्षण गर्दा ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएका उनी उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए ।
कोरोना पोजेटिभ देखिएपछिउनलाई भीम अस्पतालमा भर्ना गरिएको थियो ।