प्रतिवेदनमा छलफल गर्न नेकपाले बाेलायाे सचिवालय बैठक
Tuesday, August 25th, 2020, 2:16 pm
काठमान्डौ, ९ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ ।
भदौ १३ गते ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएका पार्टीका २ अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मंगलबार छलफल भएको हो।
उक्त सचिवालय बैठकको एजेन्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेर बुझाएको प्रतिवेदन रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।
‘पार्टीका २ अध्यक्षबीचको दुई घण्टा लामो छलफल सकिएको छ । भदौ १३ गते ११ बजे पार्टी सचिवालयको बैठक बोलाउने सहमति,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भनेका छन् ।