लकडाउनमा म्याद सकिएका सवारी लाइसेन्स भदौसम्म नवीकरण गर्दा जरिवानामा छुट
Monday, August 24th, 2020, 6:55 pm
काठमाण्डौ, ८ भदौ । कोरोना भाइरस महामारीका कारण सरकारले गरेको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएर पनि नवीकरण गर्न नपाएका सवारी धनीले अब जरिवाना तिर्नु नपर्ने भएको छ ।
यातायात व्यवस्था विभागद्वारा एक सूचनामा लकडाउन अवधिमा म्याद सकिएका सवारी धनीले भदौ मसान्तसम्म नवीकरण गर्दा जरिवाना नलाग्ने जानकारी दिएको छ ।
यसअघि पनि यस्तो सुविधा दिने भनिएपनि प्रणालीमा त्यस्तो छुट दिने गरी व्यवस्था नहुँदा यातायात कार्याले जरिवाना उठाएका थिए । तर, अब भने विभागले सिस्टमलाई ‘मोडिफिकेसन’ गरेर भदौसम्म नवीकरण गर्दा कुनै पनि जरिवाना नलाग्ने व्यवस्था गरेको छ ।