कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १५७ पुग्यो
Monday, August 24th, 2020, 5:34 pm
काठमाण्डौ, ८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सुन्सरीका ६८ बर्षीय पुरुष, मोरङ्गका ६५ बर्षीय पुरुष, पर्साका ७० बर्षीय महिला, काठमाण्डौका ४८ बर्षीय महिला, रुपन्देहिको ६७ बर्षीय महिला, ३८ बर्षीय पुरुष, ५३ बर्षीय पुरुष र ५४ बर्षीय पुरुष रहेका छन् ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।