पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जना संक्रमित थपिए
Monday, August 24th, 2020, 4:36 pm
काठमाडौ, ८ भदौ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु कहाँका हुन भन्ने मन्त्रालयले खुलाएको छैन । उपत्यकामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।