सोमबार मात्रै थपिए कोरोनाका ७ सय ४३ संक्रमित, १ सय ७५ जना डिस्चार्ज
Monday, August 24th, 2020, 4:29 pm
काठमाण्डौ, ८ भदौ । सोमबार देशभर थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १ सय ७५ जना संक्रमण मुक्त भइ घर फर्किएका छन् । योसंगै हालसम्म निको हुनेको संख्या १८ हजार ८ सय ६ पुगेको छ ।
त्यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ भने विगत २४ घण्टामा १० हजार २ सय ३४ जनाको पिसिआर परीक्षण भएको छ ।