उपत्यकाका स्थानीय तह र वडाले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ सम्म बन्द
Monday, August 24th, 2020, 4:14 pm
काठमाडौ, ८ भदौ । उपत्यकाका स्थानीय तह र वडा कार्यालयले दिने अत्यावश्यक बाहेकका सबै सेवा भदौ १५ गतेसम्मका लागि बन्द हुने भएको छ ।
उपत्यका नगरपालिका फोरमले उपत्याकामा कोरोना भाइरसको महामारी दिनप्रतिदिन फैलिँदै गएको हुनाले भदौ १५ गतेसम्म सेवा बन्द गर्ने निर्णय गरेको हो ।
फोरमका अध्यक्ष समेत रहेका काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले यस्तो निर्णय गरिएको जानकारी दिएका छन् ।