स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार नगर्न मानव अधिकार आयोगको आग्रह
Monday, August 24th, 2020, 2:47 pm
काठमाण्डौ, ८ भदौ । कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि दुव्र्यवहार नगर्न राष्ट्रिय मानवअधिकार आयोगले आग्रह गरेको छ । काठमाडौं, चितवन लगायत विभिन्न स्थानमा स्वास्थ्यकर्मीलाई छिमेकीबाटै धम्की र अमानवीय व्यवहार भएकोमा आयोगले आपत्ति जनाएको छ ।
आयोगले सोमबार जारी गरेको विज्ञप्ति अनुसार स्वास्थ्यकर्मीलाई अमानवीय व्यवहार नगर्न आग्रह गरिएको छ भने संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई छिमेकीले घेरा हाल्ने, धम्की दिने र दुव्यर्वहार गर्ने पाइएको छ ।
यसैगरी संकटका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकलाई सहयोग र प्रोत्साहन गर्दै मनोबल उच्च पार्न पनि आयोगले आग्रह गर्दै दुव्र्यवहार तथा अमानवीय कार्यबाट जनस्वास्थ्यमा समेत नकारात्मक असर पर्नसक्ने अवस्थाप्रति सचेत रहनुपर्ने आयोगको भनाइ रहेको छ ।
त्यस्तै आयोगले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्नेजस्ता अमानवीय घटनाको छानविन गरी दोषीउपर कानुनी कारवाही गर्न माग गरेको छ ।