भारतको मध्यप्रदेशमा एकै परिवारका पाँच सदस्यको घरमै झुण्ड्याएर हत्या
Monday, August 24th, 2020, 1:23 pm
एजेन्सी, ८ भदौ । भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना सदस्यको उनीहरुकै घरमा झुण्ड्याएर हत्या गरिएको छ ।
प्रहरीका अनुसार प्राप्त सूचनाको आधारमा परिवारका सबै सदस्यलाई घरमा झुण्ड्याइएको पाइएको हो ।
आइतबार राति सो घटना भएको र ती सबै शवलाईे अहिले पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।
मृतक सबै एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्याको कारण र कसले गरेको भन्ने बारेमा केही थाहा भएको छैन ।
यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरुको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने भारतीय प्रहरीले बताएको छ ।
टिकामगर जिल्लाका एसपी प्रशान्त खरेले यहाँका स्थानीय सञ्चारमाध्यमहरुलाई दिएको जानकारी अनुसार भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको र आफूहरुले वैज्ञानिक रुपमा यसको अनुसन्धान गर्ने र सबै तथ्य अनुसन्धानपछि पत्ता लाग्नेछ ।