हेटौंडामा जारी निषेधाज्ञाको अवधि भदौ १५ सम्म थप गरियो
Monday, August 24th, 2020, 12:32 pm
हेटौंडा, ८ भदौ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा भदौ १५ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरिएको छ ।
सोमबार हेटौंडामा बसेको कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गत साउन २६ गतेबाट जारी भएको निषेधज्ञा भदौ ९ मंगलबार सकिँदै छ ।
जिल्ला प्रशासन कार्यालय हेटौंडाका अनुसार सोमबारको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधाज्ञालाई अहिलेकै अवस्थामा जारी राख्ने निर्णय गरेकोे हो ।