सोमबार पनि सुनको भाउमा सामान्य गिरावट कायमै
Monday, August 24th, 2020, 12:13 pm
काठमाण्डौ, ८ भदौ । सोमबार पनि सुनको मूल्यमा गिरावट कायम नै रहेको छ । आज सुनको भाउ पाँच सय रुपैयाँले घटेको छ ।
हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलाको १३ सय २० रुपैयाँ कायम भएको छ ।