भक्तपुरमा उपचारका क्रममा बुटवलका कोरोना संक्रमितको मृत्यु
Monday, August 24th, 2020, 12:02 pm
भक्तपुर, ८ भदौ । बुटवलको एक जना कोरोना संक्रमित पुरुषको भक्तपुरमा उपचारका क्रममा मृत्यु भएको छ। ५४ वर्षीय पुरुषको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो।
जिल्ला जनस्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारका अनुसार मिर्गौला रोगबाट पीडित मृतकलाई संक्रमण पुष्टि भएपछि डायलासिसका लागि ल्याइएको र आइतबार मृत्यु भएको हो ।
मृतकको शव व्यवस्थापन भइसकेको उनले जानकारी दिएका छन् ।