विराटनगर र धरानमा थप १/१ जना कोरोना सङ्क्रमित ज्यान गयो
Monday, August 24th, 2020, 10:39 am
मोरङ, ८ भदौ । विराटनगरमा थप एकजना कोरोना सङ्क्रमितको ज्यान गएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ८ हरिहर चोकका एक ६५ वर्षीय पुरुषको विराटनगरमा रहेको कोभिड १९ केन्द्रमा उचारका क्रममा ज्यान गएको हो ।
त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलो पटक प्लाज्मा थेरापी गरिएका कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार धरान उपमहानगरपालिका– ८ का ६८ वर्षका सङ्क्रमितको आइतबार बेलुका मृत्यु भएको हो ।