चितवनका डाक्टर नर्स , स्वास्थ्य कर्मी र सुरक्षाकर्मीको सम्मान लागि आज ताली बजाइदै
Sunday, August 23rd, 2020, 7:32 pm
चितवन, ७ भदौ । कोरोना भाईरस को संक्रमण दिन प्रतिदिन बढिरहेको हुनाले चितवनमा पुर्ण रूपमा निषेधाज्ञा लागु भएको छ ।
हामी घर मै बसेर पनि यति त्रसित छौं तर पनि हाम्रो स्वास्थ्यको ख्याल गर्दै अग्रपंक्तिमा जोखिम मोलेर काम गर्ने डाक्टर, नर्स ,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी तथा सरसफाईकर्मिहरूको पार्दै सम्मान र हौसलाका लागि आज बेलुकि ठिक ७ः०० बजे आ–आफ्नो घरको बार्दली वा आगन बाट उनिहरूको सम्मानमा तालि बजाउने शुभ कार्यका लागि सम्पूर्ण चितवनबासीलाई आग्रह गरिएको छ ।
तपाईं हाम्रो तालीमा मात्र पनि उनिहरूले आफुप्रतीको सम्मान र गौरव सुन्नेछन् अनि महसुस गर्नेछन् ।