उपत्यका निषेधाज्ञा अपडेट : बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न पाइने, औषधी पसलको हकमा भने कुनै रोकतोक नहुने
Sunday, August 23rd, 2020, 6:57 pm
काठमाडौ, ७ भदौ । उपत्यकाका ३ जिल्ला काठमाडौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार आइतबार बसेको बैठकले किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल सञ्चालन गर्न दिने निर्णय भएको हो ।
औषधी पसलको हकमा भने कुनै रोकतोक नरहेको दाहालले बताएका छन् ।
नागरिकहरुबाट बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरिदिने जस्ता गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो ।