कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४९ पुग्यो
Sunday, August 23rd, 2020, 4:58 pm
काठमाण्डौ, ७ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाका ५८ बर्षीय महिला, पर्साकी ५६ बर्षीय महिला र सर्लाहीकी ३३ बर्षीय महिला रहेका छन्।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।