आइतबार काठमाडौं उपत्यकामा थपिए १६६ जना कोरोना संक्रमित
Sunday, August 23rd, 2020, 4:48 pm
काठमाण्डौ, ७ भदौ । आइतबार मात्रै काठमाण्डौ उपत्यकामा १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु कहाँका हुन् भन्ने मन्त्रालयले खुलाइएको छैन ।