पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ८ सय १८ संक्रमित, २ सय ८१ जना डिस्चार्ज
Sunday, August 23rd, 2020, 4:40 pm
काठमाण्डौ, ७ भदौ । पछिल्लो २४ घण्टाको अवधिमा देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ सय ८१ जना संक्रमणमुक्त भइ फर्किएका छन्। योसंगै हालसम्म १८ हजार ६३१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार २६ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।