सिन्धुपाल्चोकमा भदौ १४ गतेम्म निषेधाज्ञा थप गरियो
Sunday, August 23rd, 2020, 2:39 pm
सिन्धुपाल्चोक, ७ भदौ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोकमा आगामी १४ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको हो ।
यसअघि भदौ १ गतेदेखि लागू गरिएको निषेधाज्ञा आइतबार (आज) रातिबाट सकिँदै छ ।
यसैगरी हालसम्म जिल्लामा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।