सुनको मूल्यमा सामान्य गिरावट
Sunday, August 23rd, 2020, 1:35 pm
काठमाण्डौ, ७ भदौ । आइतबार पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसाय महसंघका अनुसार सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय कायम भएको छ ।
शुक्रबार ९८ हजार ८ सयमा कारोबार भएको सुन आज ४ सयले घटेको हो ।
चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले घटेर आज १३ सय ४५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।