वीरगञ्ज कोरोना विशेष अस्पतालबाट दुई संक्रमित भागे
Sunday, August 23rd, 2020, 1:05 pm
वीरगञ्ज, ७ भदौ । वीरगञ्ज हेल्थ केयर कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित अस्पतालबाट नै भागेका छन् ।
अस्पतालका अनुसार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले ती संक्रमित क्याबिनमा नदेखेपछि प्रहरीलाई खबर गरिएको थियो । ती संक्रमितहरुलाई डिलक्स क्याबिनमा राखी उपचार भइरहेको थियो भने उनीहरु कसरी भागे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
उनीहरु अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।