महाराजगञ्ज प्रहरी वृत्तमा रहेका थुनुवासहित ५ प्रहरीमा कोरोना संक्रमण पुष्टि
Sunday, August 23rd, 2020, 12:38 pm
काठमाडां, ७ भदौ । महाराजगञ्जको महानगरीय प्रहरी वृत्तको थुनामा राखिएका कर्तव्य ज्यान मुद्दाका एक जना अभियुक्त कोरोना संक्रमित पुष्टि भएको छ ।
गत साउन गोंगबुमा २४ वर्षीय लक्ष्मण तामाङको चक्कु प्रहार गरी भएको हत्यामा संलग्न अभियुक्तमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रहरी स्रोतका अनुसार अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि संक्रमण देखिएको छ। संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।
संक्रमित अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरि उपचार गरिरहेको छ । यसैगरी संक्रमित प्रहरी उपचारका क्रममा रहेता पनि सेवा प्रवाह भने नरोकिएको वृत्तका डीएसपी रोशन खड्काले बताएका छन् ।