लिदी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो, ७ अझै बेपत्ता
Saturday, August 22nd, 2020, 6:25 pm
सिन्धुपाल्चोक, ६ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गत साउन ३० गते गएको पहिरोमा बेपत्ता भएकामध्ये (आज) शनिबार थप २ जनाको शव फेला परेको छ । यो संगै पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ भने ७ जना अझै बेपत्ता नै रहेको छ ।
इलाका प्रहरी कार्यालय जलवीरेका अनुसार शनिबार ३५ वर्षीया सानीकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको हो।
पहिरोमा बेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा खोजी भइरहेको प्रहरीले जनाएको छ । पहिरोमा ३७ घर क्षति भएका र ३९ जना बेपत्ता भएका थिए ।