कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४६ पुग्यो
Saturday, August 22nd, 2020, 5:19 pm
काठमाण्डौ, ६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ । यस्तै, पर्सामा ३ जनाको ज्यान गएको छ भने ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष रहेका छन् ।
त्यसैगरी, बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको मृत्यु भएको छ ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।