पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि , १ सय २४ जना डिस्चार्ज
Saturday, August 22nd, 2020, 4:35 pm
काठमाण्डौ, ६ भदौ । पछिल्लो २४ घण्टामा देशभर ६ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय २४ जना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ ।
त्यस्तै आजसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पिसिआर परीक्षण गरिसकिएको छ ।