सुख्खा पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालन्
Saturday, August 22nd, 2020, 11:13 am
चितवन, ६ भदौ । सुख्खा पहिरोका कारण गएरातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुला भएको छ ।
सडकखण्डको चार किलोमा झरेको पहिरो हटाइसकेको र सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
हिजो राति २ बजे इच्छाकामना गाउँपालिका ४ स्थित ३ नम्बर पुलमा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
पहिरो हटाएपछि राजधानी काठमाडौं तथा पोखरा जाने र नारायणगढ आउन रोकिएका मालवाहक सवारी साधान चल्न थालेको छ ।