वीरगन्जमा थप २ जना र चितवनमा १ जना कोरोना संक्रमितको मृत्यु
Saturday, August 22nd, 2020, 10:39 am
वीरगन्ज, ६ भदौ । कोरोना संक्रमणबाट वीरगन्जमा थप दुई जना र चितवनमा एक जनाको मृत्यु भएको छ । वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा २ जनाको मृत्यु भएको छ भने बिहीबार चितवनको भरतपुरको पुरानो मेडिकल कलेजमा १ वृद्धको मृत्यु भएको छ ।
पर्साको बहुदरमाइ नगरपालिका डकैलाका ६१ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ७ बजेतिर मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै सोही अस्पतालमा थप एक कोरोना संक्रमितको पनि मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौली गाउँका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी चितवनमा हेटौंडा एक वृद्धको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो भने भरतपुर कोभिड अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणपछि शुक्रबार आएको रिपोर्टमा संक्रमण पुष्टि भएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।