कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा थप ११ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १३७ पुग्यो
Friday, August 21st, 2020, 4:57 pm
काठमाण्डौ, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक महिला र १० पुरुष छन् भने यसरी मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सर्लाही, सप्तरी, काठमाडौं, मोरङ, ललितपुर, चितवन, मकवानपुर र प्युठान जिल्लामा १/१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसंगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ ।
योसंगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।