शुक्रबार काठमाडौ उपत्यकामा भेटिए थप १८२ जना कोरोना संक्रमित
Friday, August 21st, 2020, 4:46 pm
काठमाण्डौ, ५ भदौ । शुक्रबार मात्रै काठमाडौं उपत्यकामा १८२ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा गरिएको पीसीआर परीक्षणका क्रममा १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
तीमध्ये काठमाडौंमा १४२, ललितपुरमा २५ र भक्तपुरमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले संक्रमितहरुको ठेगाना खुलाएको भने छैन ।