गुल्मीमा जिप दुर्घटना हुदाँ ४ जना घाइते, १ जनाको अवस्था गम्भीर
Friday, August 21st, 2020, 4:21 pm
गुल्मी, ५ भदौ । गुल्मीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार तम्घासदेखि मालिका गाउँपालिका अर्जे जाँदै गरेको लु२च २५७३ नम्बरको जिप रेसुंगा नगरपालिका ४ अर्खले घुम्तीनिर ब्रेक फेल भई अनियन्त्रित हुँदा मालिका गाउँपालिका वडा नं ८ की ३० वर्षकी माया परियार उनका ९ वर्षका छोरा सतिष, मालिका गाउँपालिका वडा नं ५ की वर्ष २० की दीपा घिमिरे र इश्मा गाउँपालिका वडा नं ६ की वर्ष १२ की सन्ध्या परियार घाइते भएका हुन् ।
दुर्घटनामा परी घाइतेमध्ये माया परियारको टाउकोमा चोट लागेको हुनाले अवस्था गम्भीर रहेकाले पाल्पा प्रभासमा उपचारका लागि पठाइएको छ भने अन्य तीन जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।