उपत्यकाका ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि
Friday, August 21st, 2020, 4:04 pm
काठमाडौ, ५ भदौ । काठमाडौँ उपत्यकामा कार्यरत ३६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
उनीहरुको स्वाब संकलनको काम बुधबार गरेर पीसीआर परीक्षणको लागि पठाइएको थियो भने आज शुक्रबार आएको रिपोर्टमा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको हो ।
संक्रमित मध्ये भक्तपुरको दुवाकोटस्थित नम्बर – ११ गुह्वेश्वरी गणमा कार्यरत २० जना र कीर्तिपुरस्थित नम्बर १८ – निलबाराही गणमा कार्यरत १६ जना रहेका छन् । संक्रमित सबैको पीसीआर परीक्षण बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा गरिएको थियो ।
योसँगै सशस्त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ३ सय ७८ पुगेको छ भने यसमध्ये १ सय ५४ जना निको भइसकेका छन् ।