काठमाडौंमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु
Friday, August 21st, 2020, 3:33 pm
काठमाण्डौ, ५ भदौ । काठमाण्डौमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
आज (शुक्रबार) बलम्बुस्थित एपीएफ अस्पतालमा ७७ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । उनलाई ग्रिनसिटी अस्पतालबाट बिहीबार मात्र बलम्बु लगिएको थियो ।
गत साउन ३० गते सप्तरीको राजविराजबाट उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको थियो । सोही दिन वीर अस्पतालको प्रयोगशालामा उनको स्वाब परीक्षणका लागि दिइएको थियो भने रिपोर्ट ३२ गते पोजेटिभ आयो । त्यसयता ग्रिनसिटीमा रहेका उनको अवस्था गम्भीर भएपछि बिहीबार मात्र एपीएफ अस्पताल लगिएको थियो ।