अत्यावश्यक खाद्य वस्तु अभाव भएमा साल्ट ट्रेडिङमा सम्पर्क गर्नुहोस्
Friday, August 21st, 2020, 3:10 pm
काठमाण्डौ, ५ भदौ । उपत्यकामा जारी निषेधाज्ञाका बेला अत्यावश्यक खाद्य वस्तु अभाव भएमा साल्ट ट्रेडिङमा सम्पर्क गरेमा सर्वसाधरणले सेवा पाउने भएको छ ।
साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले दिएको जानकारी अनुसार काठमाडौं उपत्याकाभरि जुन सुकै स्थानमा खाद्यवस्तु र ग्यास अभाव भए कम्पनीले घुम्ती सेवामार्फत बिक्री गर्ने व्यवस्था गरिएको छ।
सर्वसाधारणको आवश्याकताअनुसार सहुलियत दरमा दाल, चामल, चिनी, तेल, गेडागुडी तथा एसटीसी ग्यास बिक्री गरिने श्रेष्ठले जानकारी दिएकी छिन् ।
श्रेष्ठका अनुसार आफ्नो टोल क्षेत्रमा खाद्यवस्तु अभाव भए स्थानीय जनप्रतिनिधि वा टोलका मानिसहरुले सामूहिक रुपमा साल्ट ट्रेडिङमा सम्पर्क गर्न सक्नेछन् ।
यसअघि लकडाउनको समयमा पनि घुम्ती सेवामार्फत सर्वसाधारणहरुलाई सहुलियतको खाद्यवस्तु बिक्री गरेको कम्पनीले यसपटक भने ग्राहकको माग बमोजिम मात्रै बिक्री थाल्ने तयारी गरेको जनाएको छ ।