निषेधाज्ञामा पनि रेमिट्यान्स सेवा जारी राख्नु, सम्भव भएसम्म विदेशी मुद्रा सटही तथा भुक्तानीको पनि व्यवस्था गर्नु : राष्ट्र बैंक
Friday, August 21st, 2020, 1:42 pm
काठमाडौ, ५ भदौ । नेपाल राष्ट्र बैंकले निषेधाज्ञाका अवधिमा पनिा रेमिट्यान्स सेवालाई निरन्तरता निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमलाई मध्य नजर गर्दै देशका विभिन्न ठाउँमा अहिले निषेधाज्ञा भएपनि सुरक्षा अपनाएर रेमिट्यान्स सेवा जारी राख्न बैंकले निर्देशन दिएको हो ।
रेमिट्यान्सकै भरमा अधिकाशं परिवार रहेका हुनाले यदि नआउँदा घर व्यवहार नै चलाउन कठिन हुनसक्ने अवस्था आउने भएकाले सेवा जारी राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
यसैगरी केन्द्रीय बैंकले स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि आलोपालो मिलाएर भएपनि भुक्तानीको व्यवस्था मिलाउन अनुमति लिएका संस्थाहरुलाईे निर्देशन दिएको छ भने सकेसम्म बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी विदेशी मुद्रा सटही तथा भुक्तानीको व्यवस्था पनि त्यहीबाट मिलाउन निर्देशन दिएको छ ।