आजबाट उपत्यकामा बैंकिङ सेवा सुरु, सीमित शाखाहरुमात्रै खुल्ला
Friday, August 21st, 2020, 12:48 pm
काठमाडौ, ५ भदौ । शुक्रबार (आज)बाट काठमाडौं उपत्यकामा बैंकका शाखा कार्यालयहरु खुला भएका छन् ।
गृह मन्त्रालयले बैंकका कर्मचारीलाई बैंकको परिचय पत्रकै आधारमा कार्यालय आउन जान दिनू भन्ने परिपत्र गरेपछि शुक्रबार बैंकहरुले शाखा कार्यालयहरु खोलेका हुन् ।
बिहीबार बैंकर्स संघले कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएकोमा आपति जनाउदै सेवा नदिने घोषणा गरेसंगै गृहले बैंकका कर्मचारीहरुलाई सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिन थालेका छन् ।
बैंकर्स संघका अनुसार सबै शाखा कार्यालयहरु भने खुला नभएका र सिमित शाखाहरु मात्रै खुला गरेर सेवा प्रवाह शुरु गरिएको छ । प्रधान कार्यालयसहित उपत्यकामा एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालनमा आएका बैंकर्स संघले जानकारी दिएको छ ।