युरोपा लिगको फाइनल खेल आज राती हुदैँ, उपाधिका लागि सेभिल्ला र इन्टर मिलान भिड्दै
Friday, August 21st, 2020, 11:26 am
एजेन्सी, ५ भदौ । युरोपा लिगको उपाधिका लागि स्पेनिस क्लब सेभिल्ला र इटालियन क्लब इन्टर मिलान आज राति आम्ने साम्ने हुदैँछन् । नेपाली समयअनुसार राति पौने १ जर्मनको स्टाडियोन कोल्नमा दुई क्लबबीच भिडन्त हुनेछ ।
युरोपको शीर्ष लिगमा पहिलो पटक भेट हुन लागे पनि यसअघि यी दुई टोलीले एम्सटरडम टुर्नामेन्ट अन्तर्गत भएको खेलमा एकअर्काकाको सामाना गरिसकेका थिए भने उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो ।
यसैगरी सेभिल्ला ५ पटक युरोपा लिगको उपाधि जितर लिगको सर्वाधिक सफल टिमको रुपमा रहेको छ भने इन्टरले यो उपाधि ३ पटक जितेको छ ।
त्यस्तै सेभिल्लाको मुख्य खेलाडीको रुपमा लुकास ओकम्पस, जेसस नाभास, लुक डि जोङ्ग र सर्जियो रिगुइलोन रहेका छन् । इन्टरका लागि भने रोमेरो लुकाकु, लाउटारो मार्टिनेज, एस्ले योङ्ग र निकोलो बरेलाजस्ता खेलेडी रहेका छन् ।