महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन प्रधानमन्त्रीको आग्रह
Friday, August 21st, 2020, 10:40 am
काठमाण्डौ, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको शुभकामना दिंदै कोरोना संक्रमण महामारीको असहज अवस्थाप्रति संवेदनशील भएर पर्व मनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीटमार्फत विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नभएका,े विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।
यसैगरी महामारी सिर्जित कठिन परिस्थितिमा संक्रमणबाट सुरक्षित हुने गरी तीज पर्व मनाउन उनले आग्रह गरेका छन् ।
महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन उनले सबैमा विशेष अनुरोध गरेका छन् ।